२३ बैशाख २०८२, मंगलवार

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बाट बाँके जिल्लाले पायो ५ केन्द्रिय सदस्य
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको जारी १० औँ राष्ट्रिय महाधिवेशनमा बाँके जिल्ला बाट ५ जना केन्द्रिय कमिटिमा चयन भएका छन ।
यसरी चयन हुनेमा सुर्य ढकाल शान्ति ढकाल, दिपा शर्मा, पशुपति दयाल मिश्र, मोहम्मद हारुन चयन भएका हुन।

जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सहमतिका लागि अधिकतम प्रयास अनुरुप ३०१ केन्द्रिय सदस्यहरुको नामावली प्रकाशन गरिएको
थियो। यसै गरी केन्द्रिय कार्य समितिको पदाधिकारीमा भने निर्वाचन हुने भएको छ।

कमिटिको पदाधिकारी १९ मध्य १४ पदहरुमा निर्वाचन हुने छ।यसै गरी अन्य अनुशासन आयोग लगाएत महत्वपूर्ण जिम्मेवारीका पदहरु बारे हाल सम्म जानकारी उल्लेख गराइएको छैन ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech