बाँके\ नेकपा (एमाले) को दसौं महाधिवेशन अन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेकाको अन्तिम नामावली प्रकाशित भएको छ । पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान हुने भएको छ । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान हुने भएको छ ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।
खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन हुने भएको छ ।
दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन हुने भएको छ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले राति २ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।