बाँके\ नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन् ।
यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ ।
उनले अध्यक्षका प्रत्यासी भीम रावललाई निकै फराकिलो अन्तरले पराजित गरेका छन् ।
ओलीले १८४० र रावलले २ सय २४ मत प्राप्त गरेको एमाले नेता महेश बस्नेतले जनाएका छन् ।
२०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपालभन्दा ४४ भोट बढी ल्याएर अध्यक्ष निर्वाचित भएका थिए ।
ओलीले एक हजार ४७ भोट पाउँदा माधव नेपालले एक हजार ३ भोट पाएका थिए ।
आठौं महाधिवेशनमा भने झलनाथ खनालसँग ओली ११७ मतले पराजित भएका थिए ।
२०६५ फागुनमा बुटवलमा भएको महाधिवेशनमा खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत पाएका थिए ।