१२ श्रावण २०८१, शनिबार

बैजनाथमा घरै बाट शुरु गरौ महिला हिंसा अत्य गरौ अभियान संचालन
  • न्युज मानसराेवर

बैजनाथ\  बैजनाथ गाउँपालिका वडा न २ मा १६ दिने लैंगिक हिंसा विरूद्व अभियान संचालन गरिएको छ ।
घरै बाट शुरु गरौ महिला हिंसा अत्य गरौँ भन्ने नाराका साथ १६ दिने लैंगिक हिंसा विरूद्व अभियान संचालन गरिएको हो ।

बैजनाथ गाउँपालिकाले मंसिर ९ देखि २४ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि लैंगिक हिंसा विरूद्व अभियान संचालन गरिरहेको बैजनाथ महिला तथा बालकालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले जानकारी गराईन । अभियान अन्तर्गत नै आज बैजनाथ गाउँपालिका वडा न २ मा हिंसा विरूद्व अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ज्ञवालीले भनिन ।

अधिवक्ता सुनिता शर्माले हिंसा का प्रकार र कानून उपचारका विषयमा सहजिकरण गरेकी थिईन । कार्यक्रमको उद्घाटनमा बोल्दै बैजनाथ गाउँपालिका उपाध्क्ष हिंसा अत्य हुन सबै भन्दा पनि बाल विवाह अत्य गराउन आवश्यक रहेको बताइन। ‘उनले समग्र गाउँपालिका बाल विवाह मुक्त घोषणा गरिएको बताउदै अब क्रमिक रुपमा हिंसाका प्रकारहरु न्यूनिकरण हुनेमा विश्वास व्यक्त गरिन।

विकले हिंसा महिला मात्र नभएर पुरुषहरुमा पनि हुने बताउदै कसैले पनि हिंसा गर्न नहुने र गरे कानूनी दायरामा ल्याउन समाज र प्रत्यक नागरिकको कतव्य रहेको बताइन।

उद्घाटन शत्रका अध्यक्ष बैजनाथ गाउँपाकिला वडा न २ का अध्यक्ष प्रेम बहादुर थापाले आर्थिक र उद्पाद संग जोडिदा समेत हिंसामा न्यूनिकरण हुने बताउदै समग्र बैजनाथ समृद्ध बैजनाथ निमार्णका लागि उद्पादनमा जोडिनु पर्ने आफ्नो धारणा राखेका थिए ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech