१२ श्रावण २०८१, शनिबार

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर
  • न्युज मानसराेवर

हुम्ला : हुम्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

बिहीवार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ ।

मौसम परिवर्तनसँगै बिहीवारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् ।

दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाई छ । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ ।

सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात शुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech