१० जेष्ठ २०८२, शुक्रबार

२४ घण्टामा कोरानाबाट मृत्यु हुनेको संख्या शून्य, थपिए २४६ संक्रमित
  • न्युज मानसराेवर

बाँके\पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमूना परीक्षणमध्ये २२३ पीसीआर र २३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार थप ३४७ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ ।

हाल मुलुकभर ६ हजार ९२१ सक्रिय संक्रमित छन् ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech