बाँके\ नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीमा बाँकेबाट ७ जनाको प्रतिनिधित्व भएको छ । सहमहामन्त्रीमा दुई जना उम्मेदवार भएपनि विजय हासिल गर्न नसकेका कारण पदाधिकारीमा भने बाँकेको उपस्थिति भएन ।
सहमहामन्त्रीका उम्मेद्वारद्वय माया पुन र लक्ष्मीनारायण शाहले जित हासिल गर्न सकेनन् । पुन थोरै मतान्तरले सहमहामन्त्री हुनबाट चुकेकी छिन् । प्रदेश कमिटी सदस्यका रुपमा भने बाँकेको राम्रै उपस्थिति भएको छ । जिल्लागत खुला सदस्यमा टेकनारायण भुषाल निर्वाचित भएका छन् ।
यस्तै खुला सदस्यमा प्रेम केसी, खुला महिला सदस्यमा अन्जना पाण्डे र मुस्लिम सदस्यमा इसाक जोलाह विजयी भए । यस्तै जिल्लागत खुला महिलातर्फ दिक्षा कोइराला, मधेशी महिलामा परमेश्वरी पाठक र थारु महिलातर्फ कृष्ण कुमारी सापकोटा चौधरी निर्वाचित भएका छन् । निर्वाचित सबै सभापति अमरसिंह पुन प्यानलका हुन् ।
फुलाराम थारु, यमबहादुर खड्का, संगिता कुमारी थारु, नारायणी रुपाखेती, तेजेन्द्र बहादुर कँडेल, राजकुमार साहु, रत्ना राणा र श्याम बहादुर थापा भने पराजित भएका छन् ।