कर्णाली \जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन्।
भेडापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए।











