१२ श्रावण २०८१, शनिबार

बैजनाथमा तिन दिने पुर्नताजगी तालिम सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूका लागि तिन दिने पुर्नताजगी तालिम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले संघिय संरक्षना अन्र्तरगत मेलमिलापकर्ता को अवधारण अनुसार न्यायिक कार्य सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यक्रममा बताए । उनले न्यायिक कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको योगदान रहेतापनि आफ्लाई वकील नसम्झना सहभागि मेलमिलापकर्तालाई अनुरोध गरे ।

ऐडीले स्थानीय संचालन ऐन र नियमावलीले दिएका अधिकार मेलमिलापकर्ताहरुले अनुसरण अध्ययन गर्दै कार्य सम्पादन गर्न अनुरोध गरे । उनले स्थानीय सरकारले संचालन ऐन र त्यस बमोजिम कार्यपालिकाले गरेका निर्णयहरुलाई कर्मचारी हामीहरुले कार्यान्वयन गर्ने हुँदा यहाँहरुका आधारभूत आवश्यकताहरु पुरा गरेको बताए ।

कार्यक्रममा अधिवक्ता सुनिता शर्माले न्यायिक कार्य सम्पादनमा पार्टी गत भन्दा पनि आफ्नो जिम्मेवारी लाई महत्व दिन मेलमिलापकर्ताहरुको प्रमुख दाहित्व रहेको बताइन। उनले कुनै समस्या देखा परे आफ्लाई सम्पर्क गर्न समेत अनुरोध गरिन।

यसै गरी कार्यक्रममा मेलमिलापकर्ताका तर्फ बाट सर्वराज खत्रीले स्थानीय सरकारले तिन दिने तालिम उपलब्ध गराएकोमा धन्यवाद दिदै थप न्यायिक कार्य सम्पादनमा आएका समस्याहरु र मेलमिलापकर्ताहरुको आवश्यक खर्चको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले भौतिक संरचना निमार्ण गर्न आवश्यक रहेको कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

यसै गरी मेलमिलापकर्ता मिरा कार्कीले स्थानीय सरकारको परिकल्पना अनुसार मेलमिलापक केन्द्रको कार्यालय स्थापना गर्न आवश्यक रहेको औल्याइन । उनले संघियताको मर्म अनुरुप अझै स्थानीय सरकारले गर्न सक्ने कार्य गर्न नसकेको कार्यक्रममा आफ्नो धारणा राखेकी थिइन।

समापन कार्यक्रमका अध्यक्ष न्यायिक समिति संयोजक तथा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले मेलमिलापकर्ताहरुको योगदानले बैजनाथ बाँकेकै उत्कृष्ट पालिका बनाउन सफल भइएको दावि गरिन ।

उनले मेलमिलापकर्ताहरुका आधारभूत आवश्यताहरु लाई स्थानीय सरकारको श्रोत र साधानले भ्याए सम्म सहज वातावरणमा कार्य सम्पादन गर्न खोजिएको बताउदै प्रति मुद्धा निकर्षमा पुर्याएको बापत ५०० रुपैया उपलब्ध गराइएको बताइन। उनले भौतिक संरचना निमार्णमा आवश्यक तयारी रहेको बताईन । उनले संघियताको मर्म अनुसार स्थानीय सरकारले गर्नु पर्ने आधारभूत संरचनाहरु निमार्ण गर्दै आएको बताइन ।

उनले वडा स्तरमा वडा कार्यालय निमार्ण स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रमा भौतिक संरचना निमार्ण कार्य सम्पन्न गर्ना लागेको बताउदै अब बाँकी कामहरु स्थानीय सरकार संचालन कार्यविधि अनुसार गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन।

कार्यक्रममा मेलमिलापकर्ताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । पुर्नताजगी तालिक वडा न १,२,३,४ का सहजकर्ताहरुलाई दिइएको थियो ।कार्यक्रममा बैजनाथ गाउँपालिका लेखा अधिकृत पूर्ण प्रसाद जैसी गाउँपालिका सूचना अधिकृत तप्तराज आचार्य लगाएतको सहभागिता रहेको थियो ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech