१६ चैत्र २०८०, शुक्रबार

लैङ्गिक हिंसा विरुद्ध एक दिने अभिमुखीकरण बैजनाथ ७ मा सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ७ मा १६ दिने लैङ्गिक हिंसा विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा महिला तथा बालकालिका शाखको सहजीकरणमा वडा न ७ मा १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले नेपालको संविधान २०७२ मा नागरिकका आधारभूत ३२ वटा मौलिक हक प्रत्याभूत गरेको जानकारी गराए । हिंसा महिला मात्र नभएर पुरुष पनि पर्न सक्छन ऐडीले भने उनले कसैलाई पनि हिंसा गर्न हुदैन यदी कही कतै हिंसा भएको छ भने कानूनी दायरामा ल्याउनु पर्छ । 

कार्यक्रममा बैजनाथ गाउँपालिका सामाजिक विकास समिति सदस्य धिरेन्द्र सिह ठकुरीले सबै समुदाय स्तरमा जनचेतना जागृत भए आफै हिंसा अत्य हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा विधायन समिति संयोजक मेघ बहादुर सुनारले स्थानीय सरकार कुनै पनि हिंसा नसहने बरु हिंसा विरुद्ध कानूनी परामर्श समेत दिइरहेको बताए ।कार्यक्रममा बैजनाथ गाउँपालिका सामाजिक विकास समिति संयोजक गुमान बहादुर दमाइले आर्थिक रुपान्तरण लागे हिंसा न्यूनिकरण गर्न सहज हुने बताए । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले समुदायमा हुने हिंसाका प्रकार बारे जानकारी गराइन। बैजनाथ गाउँपालिका वडा न ७ का अध्यक्ष सिताराम थारुको अध्यक्षता अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech