१४ बैशाख २०८१, शुक्रबार

कर्मचारीको यौन दुर्व्यवहार काण्ड : जिप्रकामा जाहेरी दिदै पीडित महिला
  • न्युज मानसराेवर

बाँके\ यौन दुर्व्यवहारको आरोप लागेका खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारविरुद्ध पीडितले जाहेरी दिने तयारी गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर उनले जाहेरी दिने तयारी गरेकी हुन् । गत शुक्रबार कैलालीको टिकापुर वनभोजमा गएका बेला आफुमाथी प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले दुर्व्यवहार गरेको पीडितले बताएकी छन् । पीडित महिला गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेले पीडित महिलाले जिप्रका पुगेर जाहेरी दिने तयारी गरेको बताए । ‘पीडित महिलाले जाहेरी दिन आउँदैछु भनेर भन्नु भएको छ, अहिलेसम्म आउनु भएको छैन,’ न्यौपानेले भने ।

पीडितको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय धनौली खजुराले प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई नियन्त्रणमा राखिसकेको उनले बताए । ‘दुबै जना अभियुक्त प्रहरीको नियन्त्रणमा आइसकेका छन्, पीडितको जाहेरी दर्ता भइसकेपछि हामी अनुसन्धान प्रक्रिया अगाडी बढाउँछौं,’ डिएसपी न्यौपानेले बताए ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech