११ श्रावण २०८१, शुक्रबार

नेपालगन्ज उपमहानगरका सुरक्षागार्ड ब्राउन सुगरसहित पक्राउ
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका छन् । नगर भवनमा खटिँदै आएका सुरक्षा गार्ड कृष्ण जिसी ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

उनका अनुसार नेपालगन्जस्थित बीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट सुरक्षा गार्ड जिसीलाई तीन ग्राम ब्राउन सुगरसहित बुधबार पक्राउ गरिएको हो ।

डियुटी पछि राति नगरको क्वाटनमै सुतेका जिसी बिहान त्यहाँबाट निस्किएको केही समयमै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताए

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech