८ बैशाख २०८१, शनिबार

लैङ्गिक हिंसा विरुद्धको अभियान औपचारिक कार्यक्रमका विच सम्पन्न (फोटो सहित)
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ बैजनाथ गाउँपालिकाले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।
बैजनाथ गाउँपालिकाको आयोजनामा  पालिकाका वडा न १ देखि ८ न वडा सम्म अन्तरक्रिया तथा अभिमुखिकरणको आयोजना गरी  मंसिर ९ गते बाट बैजनाथ गाउँपालिकाले अभियान संचालन गरेको थियो । आज ७३ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अभियानको समापन गरिएको हो । अभियानको समापन कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले हिंसाका प्रकारहरु मध्य सबै भन्दा पनि महिला बाट महिला विरुद्ध गरिने हिंसाको अत्य हुन आवश्यक रहेको बताए ।

छोरिलाई गरिने व्यवहार र बुहारीलाई गरिने व्यवहार विच फरक देखिन्छ त्यो कस्ले गर्छ महिलाले गर्भमा रहेको भू्रण हत्या त्यो किन छोरी भएका कारण यदी छोरा छ भने खाने बस्ने व्यवस्था कस्तो हुृन्छ कल्पना गर्रौँ रुचालले भने । २०५१ सालको अल्पमतको सरकारले गरेका निर्णहरु आज सबै राजनितिक दलको साझा कार्यक्रममा पर्दछ, सामाजिक सुरक्षा । देशमा राजनितिक अवस्था फेरीएको छ ।

देशमा कानून संविधान र संविधानले प्रत्याभूत गरेका अधिकार सुरक्षित गर्न समेत हिंसाहरु घर ,समाज ,जिल्ला र देश बाट अत्य बनाउन आवश्यक छ । रुचालले भने । ‘उनले जसरी साझा कार्यक्रम बनेको छ सामाजिक सुरक्षा त्यसरी नै घर समाजमा समेत उत्तरदाहित्व का सवलहरुमा बहस हुन आवश्यक रहेको औल्याए ।

उनले अहिले सामाजिक उत्तरदाहित्वमा बैजनाथ गाउँपालिकाले गर्ने सबै नागरिकका आधारभूत अधिकारहरुको संरक्षण गर्दै सबृद्ध बैजनाथ निमार्ण बनाउन क्रियाशिल रहेको बताए । उनले राष्ट्रिय अन्तरराष्ट्रिय दिवसहरुलाई स्थानीय सरकारले संघ संस्थाहरुको सहयोगमा संचालन गरिएको समेत बताए ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधि समाजसेवि संघ संस्थाका प्रतिनिधिहरुले अभियानको समापनमा आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले कार्यक्रम समापन गरेतापनि बैजनाथ गाउँपालिकाले हिंसा विरुद्ध अत्यका लागि अभियान भने सदैव जारी राख्ने बताइन।

उनले स्थानीय सरकारले गर्न सक्ने आधारभूत समाजको स्तर उन्नत र समाजमा रोगका रुपमा हेरीको बाल विवाह अत्य अभियान सफल रुपमा सम्पन्न गरेको जानकारी गराइन।

 

उनले स्थानीय सरकारले सामाजिक विकास कोर्स समेत स्थापना गरेको कार्यक्रममा जानकारी गराइन।

कार्यक्रममा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यले कार्यक्रममा स्वागत मतव्य राखेका थिए भने महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले कार्यक्रमको संचालन गरेकी थिइन।

कार्यक्रममा वडा अध्यक्ष कार्यापालिका सदस्य पत्रकार कर्मचारी स्थानीय समुदायको कार्यक्रममा सहभागिता जनाएका थिए ।

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech