१२ बैशाख २०८१, बुधबार

बैजनाथमा नर्सिङ्ग कर्मचारीका लागि तिन दिने तालिम सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिकामा नर्सिङ्ग कर्मचारीका लागि मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी तिन दिने तालिम सम्पन्न गरेको छ ।बैजनाथ गाउँपालिकाको आयोजना तथा (यु.एस.ए.आइ.डी.)को आर्थिक सहयोगमा आठै वडाका नर्सिङ्ग कर्मचारीलाई उक्त तालिम दिइएको हो ।

तिन दिने तालिमको समापन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले मातृ शिशु मुत्यु दर न्यूनिकरण गर्नाका लागि तालिमले महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।उनले बैजनाथका आमाहरु सुरक्षित सुत्केरी गराउन यहाँहरुको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले सुरक्षित सुत्केरी गराउनका निम्ति यहाँहरुले नियमित स्वास्थ्य कार्यालयमा आउने वातावरण बनाउन नर्सिङ्ग कर्मचारीहरुको निर्देशन दिए । उनले नियमित किन आउनु भएन भनेर यहाँहरुले आवश्यक परे फोन गर्नुहोस् संचार खर्च लिनुहोस् तर आमा लाई स्वास्थ्य कार्यालयमा सुरक्षित सुत्केरी गराउन भूमिका खेल्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नर्सिङ्ग कर्मचारीकाका तर्फ बाट नन्दा नेपालीले तामिलले महत्वपूर्ण सहयोग प्रदान गरेको बताइन। उनले सुरक्षित सुत्केरी गराउँनका निम्ति अब सहज हुने विश्वास समेत व्यक्त गरेकी थिइन। 

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्य लगाएतको सहभागिता रहेको थियो ।भने कार्यक्रम संचालन स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी रोकायाले संचालन गरेकी थिइन।

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech