१३ बैशाख २०८१, बिहीबार

बैजनाथ ७ मा चार दिने हेफर आधारशिता तालिम सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ\  बैजनाथ  बैजनाथ गाउपालिका वडा न ७ मा हेफरको चार दिने तालिम सम्पन्न गरिएको छ। वडा न ७ स्थित कडेलपुर महिला समुहलाई हेफरको चार दिने तालिम दिईएको हो । बैजनाथ गाउपालिकाको आर्थिक सहयोग , हृफर प्रोजेक्ट नेपाल र उत्पिडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा उक्त तालिम दिइएको हो ।

समापन कार्यक्रम मा आफ्नो धारणा राख्दै बैजनाथ गाउँपालिका वडा ७ का वडा सदस्य कौशिला उपाध्यायले सामाजिक र आर्थिक रूपान्तरका लागि परियोजना महत्त्वपूर्ण योगदान रहेको बताइन ।’अब महिला समुहको क्यिाशिलता आवश्यक देखिन्छ उपाध्यायले भनिन् ।

कार्यक्रममा उत्पिडित सामुदायिक विकास केन्द्रका रबि रोकायाले बैजनाथ गाउँपालिकाको सपनाको परियोजना मार्फत साना किसानहरू जीवनमा आमूल परिवर्तन ल्याउने विस्वास व्यक्त गरे ।

उनले परियोजनामा आवद्व महिलाहरूको सामाजिक आर्थिक र नेतृत्व विकासमा समेत सहयोग हुने धारणा राखेका थिए । चार दिने तालिमको समापन कडेलपुर महिला समूह अध्यक्ष सोभिता कडेलको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech