७ बैशाख २०८१, शुक्रबार

कांग्रेस वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने
  • न्युज मानसराेवर

काठमाडौँ\ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् ।

काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले, पौडेलले मतदानमा भाग नलिने जानकारी दिए । सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम छ ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech