१३ बैशाख २०८१, बिहीबार

विदेश जानेलाई सामी परियोजना वरदान साबित अध्यक्षःरुचाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, बाँकेमा सञ्चालित सामी परियोजनाले बैजनाथ गाउँपालिकामा  सामुदायिक अगुवाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकार र स्विट्जरल्याड सरकारको दुई पक्षिय सम्झौता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय तथा बैजनाथ गाउँपालिकाको नेतृत्वमा स्विस सरकार परियोेजना विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत बाँकेका चारवटा स्थानिय तह लगायत नेपालका १ सय ५६ स्थानीय तहमा काम गर्दै आइरहेको छ ।

वैदेशिक रोजगारीमा जाने युवायुवतीको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजना संयोजक मिरा चौधरीले कार्यक्रममा जानकारी गराइन।

परियोजनाले बाँके जिल्ला लगाएत बैजनाथ गाउँपालिकाका ८ वटै वडा कार्यालयमा सुरक्षित आप्रवासन (सामी) परियोजना संचालनमा छ ।परियोजनाले पाँच क्षेत्रमा न्यायमा पहुज सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श ,वित्तीय साक्षरता , सुचना पहुचमा काम गर्दै आइरहेको छ चौधरीले कार्यक्रममा जानकारी गराइन । 

परियोजन दलित, महिला विकट भोगोल भएका वडामा काम गर्दै आइरहेका छौँ’ चौधरीले भनिन । परियोजनाको तथ्याङ्गमा बैजनाथ गाउँपालिका वडा न.३ मा सबै भन्दा बैदेशिक रोजगारीमा गएको पाइएको छ । बैदेशिक रोजगारीमा गएका महिलाहरुका श्रीमानहरुले ३६ प्रतिशत दोस्रो विवाह गरेका छन।“भने पुरुष वैदेशिक रोजगारीमा गएका महिलाहरुले २ प्रतिशत दोस्रो विवाह गरेको तथ्याङ्ग (सामी) परियोजनाको सर्वेले देखाएको छ ।’

हामीले सामाजिक लागतको अवस्था बारे समेत ध्यान दिन आवश्यक छ । मुख्य रुपमा सामाजिक रुपमा विमेल पारिवारिक विखण्डन जस्ता असरहरु देखा परेका छन मिराले अन्तरक्रिया बताइन र स्थानीय सरकार र समाजले खेल्नु पर्ने भूमिका बारे समेत कार्यक्रममा सहजीकरण गरिन।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले नेपाल सरकारको परियोजना (सामी ) बाट लाभ लिन सके सामाजिक कुरुती र आर्थिक रुपान्तरण र न्यायिक क्षेत्रको विकासमा महत्वपूर्ण प्रतिफल देखा पर्ने देखिन्छ ऐडीले कार्यक्रममा भनेका छन ।

कार्यक्रममा बैदेशिक रोजगारी बाट फिर्ता भएका बैजनाथ गाउँपालिका वडा न. ६ का टेक बहादुर बस्नेतले हामी लेबर काम गर्न गयौँ शिप नहुँदा दुःख पायौँ अबका दिनमा यस्ता घटना नघट्ने देखिन्छ सिप सिकेर बैदेशिक रोजगारीमा जानु पर्ने रैछ भन्ने कुरा अब समाजमा आफुले सहजीकरण गर्ने उनले बताए । बस्नेत बैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

त्यस्तै मलेसिया बाट फिर्ता भएका बैजनाथ गाउँपालिका वडा न ४ का मन प्रसाद भण्डारीले बैदेशिक रोजगारी बाट फिर्ता भएका युवा लक्षित कार्यक्रमम स्थानीय सरकार र नेपाल सरकारले संचालन गर्न आवश्यक रहेको कार्यक्रममा औल्याए । उनले हामीले दुःख पायौँ अब यस्ता दुःख कसैले नपाउन स्थानीय स्तरमा नै स्वरोजगारको वातावरण गर्नका लागि स्थानीय सरकार जवाफदेही हुन आवश्यक रहेको भण्डारीले आग्रह गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले (सामी) परियोजना संचालन पश्चात बैदेशिक रोजगारीमा जानेहरुका लागि वरदान सावित भएको बताए।उनले परियोजनाको महत्वपूर्ण भूमिका रहेको छ अब राज्यको अर्थतन्त्रमा धेरै ठृलो योगदान छ।’

रेमिटेन्स आएको छ।’तर बैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्था उस्तै छ।’ किन की आर्थिक रुपान्तरण गर्नाका लागि उत्पादनमा लगानी भएन अब उहाँहरुको श्रम बाट आरजित रकम परिवारका सदस्यहरुले उत्पादनका क्षेत्रमा  लगानी  लगाउन आवश्यक छ’।स्थानीय सरकारले  बैदेशिक रोजगारी बाट फिर्ता भएकाहरु लाई मध्य नजर गर्दै विभिन्न कार्यक्रमहरु संचालन गरेको कार्यक्रममा जानकारी गराए  थिए ।

अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिका वडा अध्यक्ष कार्यापालिका सदस्य ,पत्रकार स्थानीय संघ संस्था बैदेशिक रोजगारी बाट फिर्ता भएका लगाएतको  सहभागिता रहेको थियो ।

सामीले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाँदा कति पैसा लाग्ने, कसरी जाने,  सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिएर बाँके जिल्ला बाट  हजारौँको सङ्ख्यामा विदेसिनेका लागि (सामी)परियोजना  वरदान साबित भएको  सरोकारवालाहरुले बताएका छन।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech