१२ श्रावण २०८१, शनिबार

कोहलपुरका मुक्तकमैया संग मेयर रावतले गरे अन्तरक्रिया
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुरका मुक्तकमैयाले कोहलपुर नगरपालिका मेयर (एल्बी)लुट बहादुर रावतले अन्तरक्रिया गरेका छन ।  बाँकेका मुक्त कमैयाहरुले आफ्नो जग्गालाई दलालहरुले किनबेच गरी हामीलाई भगाएको आरोप लगाएका छन् ।

कोहलपुरमा सरोकारवालासँग मुक्तकमैयाहरुसंग पराशर्म कार्यक्रममा बोल्दै मुक्त कमैयाका अगुवाहरुले  दुखेसो गरेका हुन।

कार्यक्रममा कोहलपुर नगरपालिका मेयर (एल्बी)लुट बहादुर रावतले वास्तविक मुक्तकमैया कहाँछन यतिवेला, किन छोडेर गए यसमा गम्भिर रुपमा छानविन गरी खोजको विषय बनेको बताएका छन। मुक्त कमैयाकी अगुवा सुस्मा थारुले मुक्त कमैयाहरुले प्रयोग गर्दै आएको जग्गा दलालहरुले पालिकास्तरबाट नै किनबेच गरी हामीलाई उठ्न बाध्य पारिएको आरोप लगाएकी छन् । उनका अनुसार आफ्नो जग्गा भूमिसुधारमा खोज्न जाँदा सम्बन्धीत पालिकामा जाने भन्छ तर पालिकाले थाहा छैन भन्छ त्यसैले हामी झन समस्यामा परेको दुःख व्यक्त गरेकी छिन ।

यसै गरी कोहलपुर नगरपालिका वडा ११ अध्यक्ष कर्ण बहादुर थापाले लेनदेन भनेर कागजहरु आउने गर्दछन् तर मुक्तकमैयाको नाममा रहेको जग्गा अर्को व्यक्तिको नाममा गर्ने भनेर अहिलेसम्म नआएको र झुटो आरोप लगाएको थापाले भनेका छन।

कोहलपुर नगरपालिकाको झण्डहवा, लोकनगर, मुक्तिनगर, लखनवार र थारुगाउँमा मुक्तकमैयाहरु  बस्दै आएका छन।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech