४ बैशाख २०८१, मंगलवार

सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके\ भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर रोकायाको टोलीले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर भे १ च १९४१ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको ५९० पिस लेडिज सुट बरामद गरिएको गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिए ।

बाँकेको खजुरा गाउँपालिका–७ सोनापुर नजिकैबाट बरामद गरिएको १९ लाख ८ हजार मूल्य बराबरको सामानसहित ट्रक थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech