१२ श्रावण २०८१, शनिबार

सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।

सुर्खेतरोडस्थित एसआइवी बैंक नजिकै बा १९ च २६९ नम्वरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपालगञ्ज १२ कोरियनपुरका ३६ वर्षीय मुकुन्दराज श्रेष्ठ, उनकी ३४ वर्षीया श्रीमति ममता श्रेष्ठ र ६ वर्षीय छोरा मन्नराज श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइते तीनै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको नारद पुरीले चलाएको कारले विपरीत दिशातर्फ गइरहेको भे ११ प १०६३ नम्वरको मोटरसाइकललाई बुधवार राती साढे ९ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech