११ श्रावण २०८१, शुक्रबार

माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै माइक्रो बसको ठक्करबाट बिहीवार राती कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो ।

खजुराबाट नेपालगन्जतर्फ आउदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प ५३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बराल मोटरसाइकलमा सवार रहेको प्रहरीले बताएको छ ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech