१२ श्रावण २०८१, शनिबार

जिल्ला र प्रदेशलाई एमालेको निर्देशन : ‘सर्वसम्मत नेतृत्व चयन गर्नू’
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ । शुक्रवार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्न निर्देशन दिएको हो ।सर्वसम्मत हुन नसकेमा मात्रै निर्वाचनको विधि अवलम्बन गर्ने बताइएको छ । वडा तथा पालिकास्तरको अधिवेशन पनि एकैदिन भएका थिए ।

अधिवेशनसँगै पार्टी प्रवेश र संगठन विस्तार अभियान चलाउन पनि आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । माघ/फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

एमालेमा धेरै जनसंगठनको महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय महाधिवेशनले पार्टीको जनाधार अक्षुण र सुदृढ रहेको पुष्टि गरेको अन्तरपार्टी निर्देशनमा छ ।

एमालेले विचारमा जस्तै संगठनात्मक प्रश्नमा पनि ‘ट्रेन्ड सेट’ गरेको दाबी गरेको छ । नीति निर्माण र नेतृत्व निर्माणका लागि अलगअलग महाधिवेशनको व्यवस्था, एकैदिन एकैसाथ स्थानीय तहका अधिवेशनको आयोजना, आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा एमालेले दृष्टान्त स्थापित गर्नुलाई ट्रेन्ड सेट भनेको छ ।

प्रचार विधि, खर्च लगायतका विषयमा व्यवस्थापकीय क्षमता परिस्कृत बनेको अपानीमा उल्लेख छ ।

एमाले महाधिवेशनमा केही कमजोरी पनि भएको महसूस गरेको छ । अपानीमार्फत कामजोरीलाई सुधार गर्दै प्रभावकारी ढंगले गर्ने उल्लेख गरेको छ । विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबीच समयको अन्तर पनि बढाउनुपर्ने अनुभव भएको अपानीमा उल्लेख छ ।

निर्वाचन प्रक्रिया शुरू भइसकेपछि निर्वाचन आयोगसँगको भूमिका र उससँगको समन्वय बढाउनु पर्ने आवश्यकताको महसूस पनि गरिएको छ ।

एमालेले ४४ जनालाई मनोनयन गरेर ३४५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । दोस्रो केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव पोखरेलले विधानको व्यवस्था अनुरूप १० प्रतिशत सदस्य केन्द्रीय कमिटीमा मनोनयन गरेको जानकारी दिए । जसमा खुलातर्फ २० जना, एकता र एकीकरणको प्रक्रियाअन्तर्गत ९ र १५ जना महिला मनोनित भएका छन् ।

बैठकले ४५ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो गठनसहित वरीयताक्रम पनि निर्धारण गरेको छ । बैठकमा प्रस्तुत गरिएको वरीयताक्रममा केही असहमति भएपछि अपानीमार्फत सच्याइएको छ ।

सचिवमा क्रमश ः टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुविर महासेठ, पद्माकुमारी अर्याललाई वरीयताक्रम राखिएको छ ।

यसअघि रघुविर महासेठ र छविलाल विश्वकर्माभन्दा तल विष्ट र भट्टराईलाई राखिएको थियो ।

विष्ट र भट्टराई ९ महासचिवबाटै निर्वाचित सचिव हुन् भने महासेठ र विश्वकर्मा नयाँ सचिव हुन् । यो जिम्मवारीमा असन्तुष्टि भएपछि फेरबदल गरिएको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech