१२ श्रावण २०८१, शनिबार

जनमत अर्धसाप्ताहिकको कार्यक्रममा ३५ जनाद्वारा रक्तदान
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिला सहित ३५ जनाले रक्तदान गरेका छन् ।

ग्रेस ग्लोबल टे«डिङ प्रालि, कारकाँदौ चोक नेपालगञ्ज–१८ बाँकेको सहकार्यमा भएको रक्तदान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज नगरि समितिकी अध्यक्ष दिला शाह र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी शुरु भएको थियो ।

जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र दूर दराजबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५१ औं श्रृङ्खला हो ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech