१२ श्रावण २०८१, शनिबार

बाँकेमा शनिवार ३ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा शनिवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २२ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् ।

योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ८९ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २५ पुगेको छ ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech