१२ श्रावण २०८१, शनिबार

काेहलपुरमा कोरोना-१९ विरुद्धको अभियान सुरु
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकाले कोरोना १९ विरुद्धको अभियान सुरु गरेको छ । पुष १ गतेदेखि १८ वर्षमाथिका व्यक्तिहरुले कोरोना खोप कार्यालय समयभित्र गएको खण्डमा लगाउन पाउने कोहलपुर नगरपालिकाको स्वास्थ्य चौकीमा उपलब्ध हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले कोभिड—१९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने भएको भन्दै कोहलपुर नगरपालिकालाई पत्रचार गरेको थियो । सोही अनुसार कोहलपुरमा पनि खोपको पहुँच बढाउन १८ वर्ष वा सो भन्दा माथिका खोप लिन बाँकी सम्पूर्ण नागरिकहरुलाई खोप उपलब्ध गराउने उद्देश्यले खोप अभियान सञ्चालन गरेको नगर स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर खड्काले जानकारी दिए ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech