११ श्रावण २०८१, शुक्रबार

बाँकेमा आइतवार २ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ७ नमुना परीक्षण गर्दा २ जनामो संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै बागेश्वरी ल्याबमा ४१ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९१ पुगेको छ ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech