१२ श्रावण २०८१, शनिबार

खजुरामा तीन दिने निःशुल्क आँखा शिविर
  • न्युज मानसराेवर

बाँके\ बाँकेको खजुरामा आइतवारदेखि निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र तेज कोहली रुइत फाउण्डेशन र खजुरा गाउँपालिकाको सहकार्यक्रमा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।आइतवार पहिलो दिन स्वास्थ्य चौकी राधापुर र स्वास्थ्य चौकी सीतापुरमा आयोजना भएको छ । यस्तै सोमवार खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी रनियापुरमा आयोजना गरिएको आँखा अस्पतालले जनाएको छ ।

यस्तै मंगलवार स्वास्थय चौकी सोनपुर र स्वास्थ्य चौकी उढापुरमा आयोजना गरिएको छ । विशेषगरी यो शिविरले ४० वर्ष उमेर समूह भन्दा माथिका व्यक्तिलाई लाभ पुग्ने विश्वास गरिएको छ । मोतिबिन्दु अप्रेशनका लागि छनौट भएका विरामीको फत्तेवाल आँखा अस्पतालमा निःशुल्क अप्रेशन गरिने छ ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech