१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा ट्रकको ठक्करबाट मन बहादुर केसीको मृत्यु
  • न्युज मानसराेवर

काेहलपुर ।काेहलपुर नगरपालिका वडा नम्बर ८ स्थित ट्रककाे ठक्करबाट एक जना पैदल यात्रीकाे निधन भएकाे छ । नेपालगञ्जदेखिकाे काेहलपुर  आउँदै गरेकाे  क.प्र. ०२-००१ ख ००८ नम्बरकाे ट्रकले पैदल यात्रीलाइ ठक्कर दिँदा रुकुम पश्चिमका मन बहादुर केसीकाे मृत्यु मृत्यु भएकाे हाे ।

काेहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालका अनुसार नेपालगञ्जदेखिकाे काेहलपुर आँउदै गरेकाे ट्रकले आठविसकोट नगरपालिका-११ पश्चिम रुकुम घर भएका ६० वर्षका मन बहादुर के.सीलाई ठक्कर दिई गम्भीर घाइते भएकाे र उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्ने क्रममा उनकाे मृत्यु भएकाे बताए ।

ट्रक चालक भने आठबीस नगरपालिका-४ दैलेख बस्ने २८ वर्षका प्रकाश बिक  रहेकाे र उनी अहिले प्रहरीकाे नियन्त्रण रहेकाे इप्रका प्रमुख खनालले काेहलपुर टुडेलाइ जानकारी दिए ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech