१२ श्रावण २०८१, शनिबार

महासंघले बुझायो बैजनाथमा ज्ञापनपत्र
  • न्युज मानसराेवर

बैजनाथ \राष्ट्रिय उद्यम बिकास सहजकर्ता हकहित महासंघ नेपालले बाँकेको बैजनाथ गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
महासंघका सचिव विरेन्द्र सुवेदी लगाएत उद्यम सहजकर्ताहरुले बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई ज्ञापनपत्र बुझाएका हुन।

महासंघले मुख्य रुपमा स्थानीय तहमा उद्यम  बिकास शाखा स्थापना ,गरिबी निवारण का लागि लघु उद्यम  बिकास कार्यक्रम लाई प्रभावकारी रुपमा संचालन गर्नका लागि जनप्रतिनिधि द्वारा अनुगमन उद्यम बिकास सहजकर्ता हरुको कार्यलय ब्यबस्थापन ,स्थानीय तहमा उद्यम अधिकृतको दरबन्दी लगायतका माग राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले मागहरुलाई पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech