१२ श्रावण २०८१, शनिबार

तीनसय क्विन्टल धान खरीद
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जको खाद्य कम्पनीले अहिलेसम्म करिव तीनसय क्विन्टल धान खरिद गरेको छ । डेढ हप्ताको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय ३० क्विन्टल मोटा धान र एक सय ४७ क्विन्टल मध्यमगरी दुई सय ७७ क्विन्टल धान खरिद गरेको कम्पनीका सूचना अधिकारी अनिल महत्तोले जानकारी दिए ।

खाद्य कम्पनीले गएको मंसिर २६ गतेबाट किसानसँग धान किन्न शुरु गरेको हो । मोटा धान प्रति क्विन्टल दुई हजार सात सय ५२ र मध्यम धान प्रतिक्विन्टल दुई हजार नौ सय दुई रुपैयाँमा खरिद गरिरहेको छ ।

कम्पनीले गएको वर्षभन्दा खरिद कोटा आधा कटौती गरेर ढिलोगरी धान किन्न शुरु गरेको हो । चालू आर्थिक वर्षमा २५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको लक्ष्य राखेको छ ।

वेमौसमी वर्षाका कारण धान विग्रिएकाले कम्पनीले धानको गुणस्तर जाँचेरमात्रै किसानबाट खरिद गर्ने गरेको छ ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech