१२ श्रावण २०८१, शनिबार

बाँकेमा २ संक्रमित थपिए, २ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा सोमवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २२ र बागेश्वरी ल्याबमा ८ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका १ जना बाँकेका र १ जना बर्दियाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९१ पुगेको छ । यस्तै २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २७ पुगेको छ ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech