१२ श्रावण २०८१, शनिबार

बाँकेमा मंगलवार ४ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\  बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा ३ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै बागेश्वरी ल्याबमा ११ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९४ पुगेको छ ।

यस्तै ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३० पुगेको छ ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech