१२ श्रावण २०८१, शनिबार

बाँके कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगञ्ज कारागारमा क्षमताभन्दा झन्डै तेब्बर थुनुवा र कैदीहरु रहेका छन् । अहिले कारागारमा ८ सय १२ जना थुनुवा र कैदी बन्दी रहेको कारागार प्रमुख रामकुमार सोनखरले बताए ।

क्षमता भन्दा बढी कैदीबन्दीका कारण कारागार भित्र ठाउँ साँघुरो छ । कैदीहरुको सरसफाईमा निकै समस्या छ । जसका कारण कैदीबन्दीमा बेलाबखत टिबी र छाला सम्बन्धी रोग देखा पर्ने गरेको छ ।

साथै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै रहेको छ । पहिलो लहरमा २० जना कैदीबन्दीमा करोना संक्रमण भएको कारागारले जनाएको छ । अहिले कारागारमा सबै पुरुष कैदीबन्दी रहेका छन् ।

महिला कैदीबन्दीलाई कोरोना संक्रमणको बेलामा बर्दिया, सुर्खेत र दैलेख सारिएको थियो । अहिले महिला थुनुवा आए भने बर्दिया र कैदी आए भने सुर्खेत र दैलेख पठाउने गरिएको प्रमुख सोनखरले बताए ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech