१२ श्रावण २०८१, शनिबार

८ दिनपछि भेटिए हुम्लाका चन्द्रे कामी
  • न्युज मानसराेवर

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्क विहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले जानकारी गराएका छन।

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका-४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग  प्रमे विवाह गरेका थिए । रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए ।

त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो ।

चन्द्रेलाई केटी पक्षले नै बेपत्ता पारेको चन्द्रेका परिवारले दाबी गरेका थिए । १५/२० जनाको समूहले मध्यराति छरछिमेकीको घरमासमेत तालाबन्दी गरी चन्द्रे र किशोरीलाई लिएर गएको परिवारले आरोप लगाउँदै आएका छन् ।

तर, केटीको परिवारले भने चन्द्रेलाई घरमै छोडेर गएको प्रहरीसमक्ष बताएको थियो । केटीका बुवा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले नियन्त्रणमा लिएर हुम्लाको जिम्मा लगाएको हो ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech