१२ श्रावण २०८१, शनिबार

बुस्टर डोजलाई अनुमति कुर्दै सरकार
  • न्युज मानसराेवर

बाँके\ नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ ।

उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि  बुस्टर  टोज  दिन  सुरु  गरिने स्वास्थ्यमन्त्री  विरोध  खतिवडाले बताए ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।  बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले बताए । सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ, गोरखापत्रमा खबर छ ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech