११ श्रावण २०८१, शुक्रबार

बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्तीसोनारी गाउँपालिका ५ स्थित समय भवानी सामुदायिक वनमा बाघले पटकपटक आक्रमण गर्न थालेपछि बाँके राष्ट्रिय निकुन्ज प्रशासनको सहयोगमा स्थानीहरुले बाघ धपाउन थालेका छन् ।

निकुन्जले हात्ती प्रयोग गरी सामुदायिक वनबाट बाघ निकुञ्जतर्फ धपाउन थालेको हो । सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघको विचरण भइरहेको स्थानीयले बताएका छन् ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech