११ फाल्गुन २०८०, शुक्रबार

विद्यार्थी संगठनद्वारा प्रशासन कार्यालय बाँके घेराउ
  • न्युज मानसराेवर

बाँके\ सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले बिहीवार प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् ।

चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए ।

विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए ।

सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित सहुलियतको व्यवस्था गरेको लामो समय भइसक्दा पनि उपत्यका बाहेकका जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech