१२ श्रावण २०८१, शनिबार

कोहलपुरका कृषकलाई पशु सुत्केरी भत्ता प्रदान
  • न्युज मानसराेवर

बाँके\ कोहलपुर नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको छ । एक औपचारीक कार्यक्रम गरी गाई ४४ र भैंसी ७९ गरी जम्मा १ सय २३ जना कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको हो ।

कोहलपुर नगरपालिकाको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको पशु सेवा शाखामा कार्यरत लोकेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार नगर पशु सेवा शाखाको आ.व. २०७८–०७९ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गतको कृषकहरुले पालन गरेका गाइ–भैसीको आहारामा पौष्टिक तत्वमा सुधार गरी उत्पादन तथा उत्पादनकत्व वृद्धि गर्ने मुल उद्देश्यले यो कार्यक्रम गरिएको बुढाथोकीको भनाई थियो ।

कार्यक्रममा आर्थिक विकास समितिका संयोजक दिल बहादुर परियार, पशु शाखा प्रमुख गोविन्द रोकाय लगायत अन्य कार्यालयका कर्मचारीहरु समेत उपस्थित रहेको थियो ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech