१२ श्रावण २०८१, शनिबार

बाँकेमा एक जनामा मात्र कोरोना
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा ५० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै भेरी अस्पतालमा ८ र बागेश्वरी ल्याबमा ६ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९५ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech