११ श्रावण २०८१, शुक्रबार

नेपाली जनताको लागि कोभ्याक्स सुविधामार्फत ७७ लाख २५ हजार भन्दा बढी खोप उपलब्ध
  • न्युज मानसराेवर

काठमाडौँ\ कोभ्याक्स सुविधा अन्तरगतको कोभिड(१९ भ्याक्सिनको पछिल्लो चरणको रुपमा ६०,३९,००० डोज कोभिशिल्ड र १६,८६,००० डोज मोडेर्ना खोप २९ नोभेम्बर देखि २० डिसेम्बर भित्र आपूर्ति भइसकेको छ ।

खोपको अतिरिक्त ३० लाख थान सिरिन्जहरू ८३,००० हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टकृत वाक इन कुलरहरू नेपाललाई हस्तान्तरण गरिएको छ । ती खोपहरू, भ्याक्सीनेसन सम्बन्धी सामाग्रीहरू तथा उपकरणहरू देश भरीका प्रदेशहरू तथा नगरपालिकाहरूमा छिट्टै वितरण गरिँदैछ ।

कोभ्याक्स भ्याक्सिनको पछिल्लो आपूर्तिले नेपाली जनताको जीवन सुरक्षा गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउँदै जाने छ । २२ डिसेम्बरसम्मको आँकडा अनुसार नेपालमा २ करोड २० लाख खोपहरू लगाइ सकिएको छ भने जस मध्ये ९७ लाख मानिसहरूले पूर्ण खोप पाई सकेका छन् र १ करोड ३८ लाख मानिसहरूले आँशिकरुपमा १ मात्रा खोप पाएका छन् । यो उपलब्धी साझेदार देशको सहकार्य र राज्यबाट सोझै खरिद प्रक्रिया मार्फत कोभ्याक्स सुविधा अन्तरगत हासिल भएको हो ।

महत्वपूर्ण कुरा के छ भने यो पछिल्लो कोभ्याक्स एएमसि डेलीभरी अन्तरगत १६ लाख ८६ हजार डोज मोडेर्ना खोपहरू आपूर्ति हुँदैछ जसले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियानको निरन्तरतालाई बल पुर्याउने छ ।

सिइपिआई, गावी, युनिसेफ र बिश्व स्वास्थ्य संगठनको सहकार्यको रुपमा रहेको कोभ्याक्स सुविधा साझेदार सरकारहरू, अन्तराष्ट्रिय संस्थाहरू, प्रतिष्ठानहरू र निजी क्षेत्रहरूको ठूलो परिमाणको सहायताबाट सम्भव भएको हो । कोभ्याक्स अन्तरगत खरिद गरिएको खोपको नेपालमा भएको आपूर्तिलाई संसारभरी कोभिड १९ खोपको समतामुलक वितरणको सुनिश्चितताको एउटा अंशको रुपमा लिन सकिन्छ । कोभ्याक्स सुविधाबाट प्राप्त खोपको सहायताले देश भरिका मानिसहरूलाई खोप लगाउने नेपाल सरकारको प्रयासमा एउटा महत्वपूर्ण योगदान पुर्याएको छ ।

यस कोभ्याक्स सुविधालाई नेपालमा रहेका कोभ्यास सुविधा साझेदार राष्ट्रहरू ९अष्ट्रेलिया, चिन, युरोपियन युनियन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेविया, स्विटजरल्याण्ड, बेलायत र अमेरिका० विभिन्न दातृ सरकारी साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरूले आर्थिक सहायता पुर्याएका छन् । यस कोभ्याक्स सुविधाको दाताहरूको प्रतिवद्धताको पूर्ण सुचि तलको लिंकमा हेर्न सकिन्छ ।

कोभ्याक्स सुविधा अन्तरगत सँगसँगै काम गरेर सबै साझेदारहरू यो कुरामा सचेत छन् कि विश्व महमारीबाट छुट्कारा पाउने स्पष्ट मार्ग चित्र भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने प्रक्रियाको गति कम गर्ने र यसको फैलावट रोक्न सबै देशहरूलाई कोभिड विरुद्ध लड्न परीक्षण, उपचार, संक्रमण नियन्त्रण, उपकरण र जीवन सुरक्षा गर्ने खोप आदिमा समान पहुँचको सुनिश्चितता गर्नुपर्छ । कोभ्याक्स साझेदारीले नेपालको खोप अभियानको नतिजाको लागि बधाई ज्ञापन गरेको छ र यसका लागि जनतासँगको ऐक्यवद्धता दोहोर्याएको छ । कोभिड महामारीको अवधी भर कोही पनि नछुट्ने, सामाजिक तथा आर्थिक क्षति रोक्ने कुरा र सामाजिक आर्थिक पुनर्लाभको लागि मार्ग प्रशस्त गर्ने कुरामा नेपालसँग सहकार्य गर्न कोभ्याक्स साझेदारहरूले प्रतिवद्धता जनाएका छन् ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech