१२ श्रावण २०८१, शनिबार

डुडुवामा अत्याधुनिक कोल्ड स्टोरको निर्माण कार्य तीब्र
  • न्युज मानसराेवर

बाँके\ बाँकेको डुडुवा गाँउपालिकामा अत्याधुनिक कोल्ड स्टोरको निर्माण कार्य तीब्ररुपमा भईरहेको छ । दोस्रो ठुलो योजनाको रुपमा रहेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा निर्माण हुदैँ गरेको अत्याधुनिक कोल्ड स्टोरको क्षमता ७०० मेट्रिक टन रहने बताइएको छ ।

करिब एक महिना अगाडी पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले एक कार्यक्रम बीच उक्त कोल्ड स्टोरको शिलन्यास गरेका थिए । साढे १३ कठ्ठा जग्गामा निमार्ण हुदैँ गरेको अत्याधुनिक प्रविधी मल्टीप्रपजको डिपिआर अनुसारको लागत ७ करोड, ६८ लाख ५० हजार ३६० रुपैया ३८ पैसा (कर सहित) रहेको छ ।

६ महिना लगाएर योजनाको डिपीआर तयार गरिएको कोल्ड स्टोर १८ महिनामा निर्माण कार्य सम्पन्न हुने गरि पारामाउण्ट नेचुरल जेवी निर्माण कम्पनीले ठेक्का पाएको बुझिएको छ । सम्झौता भने ५ करोड ९९ लाख २८ हजार ५ सय ५२ रुपैँया ३० पैसामा भएको पालिकाले जनाएको छ ।

बाँकेमा आलुको पकेट क्षेत्र भनेर हिरिमिनिया क्षेत्रलाई चिनिन्छ । कोल्ड स्टोरले हिरमिनियाका कृषकहरुका लागि उनीहरुको पेशामा सकारत्मक परिवर्तनका साथै काममा प्रोत्साहन समेत मिल्ने बताईएको छ ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech