१२ श्रावण २०८१, शनिबार

बाँकेमा ३ संक्रमित थपिए, ३ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा शुक्रवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ नमुना परीक्षण गर्दा १ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् भने १ जना दाङका हुन् । बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९३ रहेको छ ।

यस्तै ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३८ पुगेको छ ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech