१२ श्रावण २०८१, शनिबार

स्थानीय चुनावको मिति प्रस्ताव : पहिलो चरण– वैशाख १४, दोस्रो चरण– वैशाख २२
  • न्युज मानसराेवर

बाँके\ निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ ।

आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै चुनावको मिति प्रस्ताव गरेका हुन् ।

देशैभर एकै चरणमा चुनाव गर्न सम्भव नभए पहिलो चरण वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्न सकिने प्रस्ताव गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मितिबारे गरिएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

 

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech