१२ श्रावण २०८१, शनिबार

बैजनाथमा मेलमिलापकर्ताहरुको दोस्रो चरणको पुर्नताजगी तालिम सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकाले मेलमिलापकर्ताहरुको दोस्रो चरणको तालिम सम्पन्न गरेको छ ।बैजनाथ गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूका दोस्रो चरणको तिन दिने पुर्नताजगी तालिम सम्पन्न गरेको हो ।

बैजनाथ वडा न ५,६,७ र ८ का मेलमिलापकर्ताहरू लाई दोस्रो चरणको तालिम दिइएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले कार्य सम्पादन गर्नाको लागि तालिमले थप सहजता उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन।ऐडीले पुर्नताजगी तालिम बाट दिक्षित हुनु भयो ‘अब न्यायिक क्षेत्रमा आफ्नो ज्ञान बाट सहजीकरण गर्नाको लागि समेत अनुरोध गरे । 

कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले न्यायिक सुधार र कार्य सम्पादनमा सिमित श्रोत साधनको उपभोग गर्दै मेलमिलापकर्ताहरुले उत्कृष्ट कार्य सम्पादन गरेको बताइन।

उनले अब विस्तारै भौतिक पूर्वाधार निमार्ण क्षेत्रमा समेत सुधार हुदै गएको तर्फ संकेत गर्दै न्यायिक सम्पादनमा आवश्यक पर्ने संरचनाहरु क्रमबद्ध रुपमा निमार्ण हुने विश्वास व्यक्त गरेकी छिन।

कार्यक्रममा बैजनाथ गाउँपािलका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी लेखा अधिकृत पूर्ण प्रसाद जैसी तालिमको प्रशिक्षक सुनिता शर्मा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । भने कार्यक्रमको संचालन बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्यले गरेका थिए ।

पहिलो चरणमा वडा न १,२,३,४ का मेलमिलापकर्ताहरुलाई  पुर्नताजगी तालिम दिइएको थियो ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech