१२ श्रावण २०८१, शनिबार

महिला सशस्त्र प्रहरीलाई बलात्कार आरोपमा प्रशासकीय अधिकृत पक्राउ
  • न्युज मानसराेवर

बाँके\ सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीपछि जबर्जजस्ती करणी उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँकेमा कार्यरत शसस्त्र प्रहरीले आफूमाथि जबरजस्तिकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उनको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेर प्रमुख प्रशासकीय अधिकृत थापालाई बाँकेमा बुझाएको जिल्ला प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

थापा विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको उनले बताए । ‘रोल्पा प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि हामीलाई बुझाएको छ, अभियुक्तविरुद्ध आवश्यक अनुसन्धान सुरु भएको छ,’ उनले भने ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech