१२ श्रावण २०८१, शनिबार

बैजनाथमा एक दिने अभिमुखिकरण सम्पन्न
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिकामा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी तथ्याङ व्यवस्थापनका सवालमा पालिका अघि बढ्ने भएको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रण र पालिकाको अवस्था बिश्लेषणको आधारण तथ्याङ व्यवस्थापन कार्य हुनसक्ने भएकाले व्यवस्थापनतर्फ पालिका अघि बढ्ने तयारी गरेको छ ।

बैजनाथ गाउँपालिकाको आयोजना, माइती नेपालद्धारा संचालित हाम्रो सम्मान परियोजनाको प्राबिधिक सहयोगमा पालिकामा शुक्रबार मानव बेचबिखन तथा ओसार पसार बिषयक तथ्याङ व्यवस्थापनका बिषयमा छलफल गरिएको हो ।

बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा, कार्यपालिका सदस्य, १ देखि ८ नम्बर वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव र कर्मचारीको उपस्थितिमा तथ्याङ  व्यवस्थापन कार्यका लागि कार्यक्रममा छलफल समेत गरिएको  थियो ।

समापन कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बिश्वकर्माले माइती नेपालले बिगतदेखि नै पालिकालाई सहयोग गर्दै भन्दै धन्यवाद दिदै  मानव बेचबिखनको जोखिममा पर्न सक्नेहरुसम्म सचेतना फैलाउन लागिरहेको भन्दै पालिकाले पनि यसबारे नीति निर्माण गरेर अघि बढेको बताएकी छिन।   कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले सहजीकरण गरेका थिए ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech