१२ श्रावण २०८१, शनिबार

एक साता बित्दा पनि अर्जुनको शव अस्पतालमै
  • न्युज मानसराेवर

बाँके \कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक साता बित्दा पनि उठेको छैन । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन नमानेका हुन् ।

अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव तीन दिनपछि घटनास्थलबाट उठाइएको थियो । दोषी पक्राउ नपरेसम्म बनबाट शव उठाउन नदिने भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् ।

पीडित परिवार, स्थानीय, प्रहरी प्रशासन र विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनीधिबीचको छलफलपछि तीन दिनपछि उठाइएको शव पोस्टमार्टमपछि टीकापुर अस्पतालमै राखिएको छ ।

मृतक अर्जुनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दै शव नउठाएर विरोध प्रदर्शन र राजमार्ग अवरुद्ध गरिरहेका छन् । गत शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । त्यसको भोली पल्ट उनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेको थियो ।

जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति समेत बनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्नहरूको पहिचान भइसकेका र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न आफूहरू लागिपरेको बताए । घटनामा संलग्न आरोपित एक जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको उनको भनाई छ ।

  • १० पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech