१२ श्रावण २०८१, शनिबार

सृजना समुहले गर्यो बृद्ध–बृद्धाहरुलाई सम्मान स्वरुप कम्बल उपहार
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ वडा न. ५ स्थित सृजना महिला समुहले बृद्ध–बृद्धाहरु लाई उपहार स्वरुप कम्बल प्रदान गरेको छ । समुहले समुदायका ५ जना बृद्ध बृद्धाहरुलाई सम्मान स्वरुप कम्बल फलफुल प्रदान गरेको हो । यसै गरी समुहले एक जना आर्थिक विपन्न परिवारलाई २५ केजी चामल स्थानीय स्कुल जाने बालक लाई कपी कलम न्यानु कपडा उपहार गरेको हो ।

उपहार प्रदान कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले समुहको सोच सम्मान योग्य छ ।  राजनितिक व्यवस्था फेरिएको छ ।’अब जनताको अवस्था फेर्न आवश्यक छ ।’त्यसै कारण जनताको अवस्था फेर्नका लागि तपाइहरुको स्थानीय सरकार कटिवद्ध छ ।

यहाँका जनताहरुको आर्थिक रुपान्तरणमा केन्द्रित छ खत्रीले भनेका छन। यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले परियोजना बाट आएको सामाजिक परिवर्तन र यहाँहरुको उत्पादनको स्तरमा मापन गर्ने हो ‘।भने गाउँपालिका बाट संचालिन परियोजनाको प्रतिफल देखिएको बताए ऐडीले भने ।

उनले नेतृत्व विकासमा आएको परिवर्तनले महिला शशक्तिकरणमा महत्वपूर्ण रहेको बताए । उपहार प्रहदान कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेका कार्यकारी निर्देशक रबि रोकाया उपहार सामाजिक उद्यमी महिला समुह सहकारी अध्यक्ष मन्दिरा सुवेदी लगाएतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए। बैजनाथ गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजनामा नया र पुराना समुह गरी ४ हजार १ सय १ जना परिवार संख्या आवद्ध छन । कार्यक्रममा सृजना महिला समुहको बचत एक लाख १८ हजार ७ सय रकम रहेको छ । समुहमा आवद्ध महिलाहरुले सामुहिक काम ,टोल सुधार लगाएत नमुना काम गर्दै आएको छ ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech