१२ श्रावण २०८१, शनिबार

राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकामा राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बीनी प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेको आर्थिक सहयोग र बैजनाथ गाउँपालिकाको आयोजनामा राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडागत अध्यक्ष कार्यपालिका सदस्यहरु कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकको अध्यक्षतामा अभिमुखिकरण तथा छलफल कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमको सहजीकरण सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट न्यानेजमेन्ट प्रा.लिले गरेको थियो ।

  • १२ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech