बाँके\ बाँके बैजनाथ गाउँपालिकाको कार्यालय बाट उपलब्ध गराइने सेवा अब आफ्नै कार्यालय रामुपुर बाट शुरु गर्ने भएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल प्रशासन शाखा, योजना शाखा , प्राविधिक शाखा ,प्रधामन्त्री रोजगार शाखा ,लघु उद्यम शाखा लगाएतका सेवाहरु अब रामपुर बाट विस्तार गरिने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराएका छन । अन्य प्रशासनीक फाटहरु भने क्रमिक रुपमा सर्ने तयारी छ ‘ऐडीले भनेका छन।
यद्यपी गाउँपालिकाको प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भने भएको छैन ।
हाल सम्म बैजनाथ गाउँपालिकाको सेवा बैजनाथ वडा न ५ को कार्यालयको स्वामित्वमा रहेका भवनहरु बाट भइरहेको थियो ।